बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ

काठमाडौं । बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरु मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेका छन् । हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडीमा सवार उनीहरुलाई […]

Mar 29, 2025 - 06:39
 0
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना पक्राउ

काठमाडौं ।

बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकाहरु मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान र ४७ वर्षिय गोपाल प्रसाद गौतम रहेका छन् ।

हेटौडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको ईलेक्ट्रिक गाडीमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिईएको हो ।

साथै उनीहरुको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोवाईल लगायतका सामानहरु समेत बरामद गरेको छ ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद लागूऔषध, गाडी लगायतका सामानसहित आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register