तीनकुने घटनामा पक्राउ परेकालाई मङ्गलबारसम्म थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मङ्गलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त घटनामा संलग्न भएको हुनसक्ने आरोपमा शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएकी हुन् । जिल्ला प्रहरी […]

Mar 30, 2025 - 15:03
 0
तीनकुने घटनामा पक्राउ परेकालाई मङ्गलबारसम्म थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोप लागेका ४२ जनालाई आगामी मङ्गलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले उक्त घटनामा संलग्न भएको हुनसक्ने आरोपमा शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो ।

जिल्ला अदालतले रविन्द्र र जबरालगायत ११ जनालाई राज्यविरुद्धको कसुर गरेको आरोपमा थुनामा राख्ने अनुमति दिएको हो ।

ती बाहेक थप ३१ जनालाई संगठीत रुपमा आपराधिक उपद्रव गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register