संसद सञ्चालनमा विश्वप्रकाशले देखाए सभामुखको कमजोरी

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले सदन सञ्चालनमा सभामुख देवराज घिमिरेको कमजोर औँल्याएका छन् । संसदमा बोल्दै उनले सदन सञ्चालनमा सभामुखको समेत कमजोरी देखिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘संसद सञ्चालनका लागि केही विधि र नियमहरू छन् । देशका प्रधानमन्त्रीले बोलिरहेको बेला उठ्ने कुरा र प्रधानमन्त्रीले धारणा राखेपछि सवाल जवाफ गर्नेकुरा […]

Mar 31, 2025 - 07:46
 0
संसद सञ्चालनमा विश्वप्रकाशले देखाए सभामुखको कमजोरी

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले सदन सञ्चालनमा सभामुख देवराज घिमिरेको कमजोर औँल्याएका छन् ।

संसदमा बोल्दै उनले सदन सञ्चालनमा सभामुखको समेत कमजोरी देखिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘संसद सञ्चालनका लागि केही विधि र नियमहरू छन् । देशका प्रधानमन्त्रीले बोलिरहेको बेला उठ्ने कुरा र प्रधानमन्त्रीले धारणा राखेपछि सवाल जवाफ गर्नेकुरा हाम्रो नियमावलीको भावनाले पनि त्यो कुरा व्यक्त गर्दैन । प्रतिपक्षी उठेर अवरोध जनाएर कमजोरी देखाएको छ  भने सभामुखबाट पनि कमजोरी भएको छ भन्ने कुरा हेक्का राख्न पनि विनम्रतापुर्वक आग्रह गर्न चाहान्छु,’ उनले भने ।

तीनकुने घटनामा विज्ञप्ति समेत जारी गर्न नसक्ने पूर्वा राजा राजाका लागि योग्य नभएको उनले बताए । ‘तीनकुनेलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा चाहानुभएको छ । दु:खी भएको एउटा विज्ञप्ति पनि जारी नगर्ने कस्तो राजाको खोजीमा छौँ?’ उनले प्रश्न गरे ।

नागरिक पंक्तिमा बढ्दो असन्तुष्टीलाई सम्बोधन गर्नुपर्ने उनले बताए । ‘वर्षौदेखि धुलोमा पुरिनुपर्दा सरकारले जिन्दावाद भन्दैन । मल नपाउँदा हामी खुशी छौँ भनेर किसानले सरकार जिन्दावाद भन्दैन । प्रशासनिक कारणले मुस्कान दिने सेवा भएन भने नागरिकले सरकार जिन्दावाद भन्दैन,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register