पूर्वराजालक्षित योगेशको प्रश्न : कसको पालामा मूर्ति युरोप-अमेरिका पुग्यो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इङ्कीत गर्दै कसको पालामा मूर्ति युरोप-अमेरिका पुगेको भन्दै प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टराईले भने, “…अहिले पर्यटन मन्त्रालयले मूर्ति फिर्ता ल्याइरहेको छ । ती मूर्ति कसरी अमेरिका, युरोप कसरी पुग्यो ? एक पटक इतिहास हेरौँ, […]

Mar 31, 2025 - 08:10
 0
पूर्वराजालक्षित योगेशको प्रश्न : कसको पालामा मूर्ति युरोप-अमेरिका पुग्यो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई इङ्कीत गर्दै कसको पालामा मूर्ति युरोप-अमेरिका पुगेको भन्दै प्रश्न गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भट्टराईले भने, “…अहिले पर्यटन मन्त्रालयले मूर्ति फिर्ता ल्याइरहेको छ । ती मूर्ति कसरी अमेरिका, युरोप कसरी पुग्यो ? एक पटक इतिहास हेरौँ, क-कसले बोकेर लगे ? कसलाई पासपोर्ट भिसा चाहिदैँन थियो ? अहिले राष्ट्रपतिलाई समेत पासपोर्ट चाहिन्छ ।”

यस्तै, उनले पृथ्वीनाराणयण शाह मात्र नायक भएको बताउँदै अरु सबै पदका लागि लडाइँ गर्नेहरु भएको आरोप लगाए  । उनले ज्ञानेन्द्रलाई प्रश्न गरे, “पृथ्वीनाराणयण नायक थिए, देश जोगाए । त्यसपछिका कुन राजाले कहाँ राष्ट्र जोगाए ? कुन सीमाना जोगाए ?”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register