पत्रकार र सञ्चारगृहमा भएको आक्रमणप्रति सरकारलाई महासङ्घको ध्यानाकर्षण पत्र

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषाले पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरिएको र सञ्चार गृहमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासङ्घले सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सोमबार धनुषा शाखाका अध्यक्ष पुरन साह सहितको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई […]

Mar 31, 2025 - 11:21
 0
पत्रकार र सञ्चारगृहमा भएको आक्रमणप्रति सरकारलाई महासङ्घको ध्यानाकर्षण पत्र

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषाले पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरिएको र सञ्चार गृहमाथि आगजनी गर्नेलाई कारबाही गर्न माग गर्दै सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासङ्घले सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सोमबार धनुषा शाखाका अध्यक्ष पुरन साह सहितको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई ज्ञापन पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकार मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, मृतक पत्रकारको परिवारलाई रोजगारीको र सन्तानको शिक्षाको प्रबन्ध मिलाउन माग गरेको छ ।

साथै, सञ्चारकर्मी र सञ्चारगृहमार्थि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन, क्षति पुर्याएका सञ्चारगृह तथा सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कडरीयाले पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register