त्रिविमा नेविसङ्घको अग्रता, अनेरास्ववियु र क्रान्तिकारी पछ्याउँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले अग्रता लिएको छ। हालसम्म १,७५२ मत गणना हुँदा नेविसङ्घका दीपक राज जोशीले ४३८ मत प्राप्त गरेका छन्। उनलाई अनेरास्ववियुका सिद्धान्त भट्टले ४३२ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ४१५ मत प्राप्त गरेका […]

Mar 31, 2025 - 14:14
 0
त्रिविमा नेविसङ्घको अग्रता, अनेरास्ववियु र क्रान्तिकारी पछ्याउँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनामा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले अग्रता लिएको छ। हालसम्म १,७५२ मत गणना हुँदा नेविसङ्घका दीपक राज जोशीले ४३८ मत प्राप्त गरेका छन्।

उनलाई अनेरास्ववियुका सिद्धान्त भट्टले ४३२ मतसहित पछ्याइरहेका छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ४१५ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार पदमा भुषालले ९६ मत र अर्का स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले २८ मत पाएका छन्। मतगणना जारी छ र अन्तिम परिणाम आउन बाँकी छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register