डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको घटेन

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो । डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सोमबार रातिदेखि लागू […]

Apr 1, 2025 - 03:36
 0
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको घटेन

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गर्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ ।

निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सोमबार रातिदेखि लागू भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

डिजेल र मट्टितेलसँगै निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तराष्ट्रियतर्फ प्रतिलिटर अमेरिकी डलर ५१ ले घटाएको छ । पोखरा र भैरहवामा भने ब्रेक इभेन प्वाइन्टअनुसार मूल्य कायम गरिएको निगमले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register