सुन मूल्यमा लगातार रेकर्ड ब्रेक, तोलाको एक लाख ८० हजारनजिक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार चार दिनदेखि रेकर्ड ब्रेक गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको […]

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार चार दिनदेखि रेकर्ड ब्रेक गरिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको छ ।
यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो । जुन रेकर्ड मङ्गलबार तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोडिएको छ ।
यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ र गत शुक्रबार १ लाख ७६ हजार २०० मा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेर तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
What's Your Reaction?






