फुडमाण्डुले अब ३० मिनेटभित्रै ग्राहकको घरमा ग्रोसरी सामान डेलिभरी गरिदिने
काठमाडौं । अनलाइन फुड डेलिभरी सेवाप्रदायक फुडमाण्डुले ‘फुडमाण्डु वनमार्ट’ नामक नयाँ सेवा सुरु गरेको छ । यसअन्तर्गत उपभोक्ताहरूलाई दैनिक उपभोग्य वस्तुहरू २०–३० मिनेटभित्र घरमै पुर्‍याउने कम्पनीले जानकारी दिएको छ । फुडमाण्डुले जारी गरेको विज्ञप्तिअनुसार यो सेवा हाल गैरीधारासहित ललितपुरका जावलाखेल, लगनखेल, सानेपा, धोबीघाट, इमाडोल, भैंसेपाटी, नख्खु, बालकुमारीलगायतका क्षेत्रमा उपलब्ध हुनेछ । कम्पनीले सेवा विस्तार गर्दै आगामी दिनमा काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि उपलब्ध गराउने जनाएको...

What's Your Reaction?






