दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुन केही ढिलाइ भएको छ । संविधानसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनका कारण बैठक बस्न ढिलाइ हुने भएको हो । सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको बैठक कक्षमा पुगेपछि बोहराको निधनको खबर आएकाले केहीबेर रोकिएको संसद् सचिवालयले जनाएको छ । सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले […]

Apr 1, 2025 - 07:23
 0
दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुन केही ढिलाइ भएको छ ।

संविधानसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनका कारण बैठक बस्न ढिलाइ हुने भएको हो ।

सभामुख देवराज घिमिरे प्रतिनिधिसभाको बैठक कक्षमा पुगेपछि बोहराको निधनको खबर आएकाले केहीबेर रोकिएको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित दलबाट निधनको पत्र आउन बाँकी रहेकाले संसद् केही ढिला सुरु हुने भएको हो । आजको बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हो । बैठकमा शोक प्रस्ताव पारित भएपछि अन्त्य गर्ने तयारी रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register