सांसद पद निलम्बन फुकुवा गर्न रवि लामिछानेको आग्रह 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले यस्तो आग्रह गरेका हुन् ।  सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेसहित रास्वपा सांसदहरुको टोलि सभामुखकहाँ पुगेका थिए ।  लामिछानेले यसअघि माघ १८ गते पनि सभामुख घिमिरेसँग आफ्नो सांसद पद निलम्बन फुकुवा […]

Apr 1, 2025 - 07:23
 0
सांसद पद निलम्बन फुकुवा गर्न रवि लामिछानेको आग्रह 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले यस्तो आग्रह गरेका हुन् । 

सांसद पद निलम्बन फुकुवाको माग गर्न लामिछानेसहित रास्वपा सांसदहरुको टोलि सभामुखकहाँ पुगेका थिए । 

लामिछानेले यसअघि माघ १८ गते पनि सभामुख घिमिरेसँग आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए । मंगलबार पुनः लामिछानेले आफ्नो सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गरेका छन् । 

सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि र अदालतमा सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएपछि लामिछानेको सांसद पद गत पुस ८ गते निलम्बन भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register