पैसा जोगाउन यसरी गर्नुहोस् खर्च नियन्त्रण

काठमाडौं । के तपाईंले पैसा जोगाउन सकिरहनु भएको छैन ? घरमा कुनै न कुनै कारणले पैसा खर्च हुन्छ । जति बचत गर्न खोजे पनि पैसा टिक्दैन र त्यसपछि धेरै समस्या आउने गर्छ । त्यसो हो भने केही टिप्सहरू जान्नुहोस्, जसले तपाईंको खर्चमा नियन्त्रण गर्न सहयोग पुग्नेछ । डिजिटल भुक्तानी कम प्रयोग गर्ने आजभोलि धेरैजसोले डिजिटल […]

Apr 1, 2025 - 11:14
 0
पैसा जोगाउन यसरी गर्नुहोस् खर्च नियन्त्रण

काठमाडौं । के तपाईंले पैसा जोगाउन सकिरहनु भएको छैन ? घरमा कुनै न कुनै कारणले पैसा खर्च हुन्छ । जति बचत गर्न खोजे पनि पैसा टिक्दैन र त्यसपछि धेरै समस्या आउने गर्छ । त्यसो हो भने केही टिप्सहरू जान्नुहोस्, जसले तपाईंको खर्चमा नियन्त्रण गर्न सहयोग पुग्नेछ ।

डिजिटल भुक्तानी कम प्रयोग गर्ने

आजभोलि धेरैजसोले डिजिटल भुक्तानी प्रयोग गर्छन् । यो प्रयोग गर्न सजिलो हुन्छ तर यसले झनै खर्च बढाउँछ । घरबाट निस्कँदा नगद साथमा राख्नुहोस् र त्यही प्रयोग गर्नुहोस् । सकेसम्म डिजिटल भुक्तानी प्रयोग नगर्ने प्रयास गर्नुहोस् ।

बजेट बनाउने

आफ्नो सम्भाव्य खर्च तयार पार्नुहोस् । आफ्नो मासिक आम्दानीलाई आवश्यक र अतिरिक्त खर्चहरूको लागि सीमा तोक्नुहोस् । घरबाट निस्कनु अघि एउटा सूची दिमागमा बनाउनुहोस् र त्यही अनुसार खर्च गर्नुहोस् । कति पैसा खर्च गर्ने भनेर पहिलेदेखि नै योजना बनाउनुहोस् ।

बाहिर खाना कम खाने

आजभोलि मानिसहरूलाई बाहिर खाना खाने बानी लागेको छ, जसले बजेटलाई ठूलो असर पार्छ । बाहिर खाना खानुहोस् तर तर कहिलेकाहीँ मात्र । तपाईंको साना–साना बचतले लामो समयमा ठूलो प्रभाव पर्छ ।

आवश्यकता बुझ्ने

धेरै मानिसहरूले आवश्यकता र चाहनालाई एकै ठाउँमा राख्छन् । जसले उनीहरूलाई धेरै समस्याहरू ल्याउँछ । घरबाट निस्कनु अघि के किन्ने के नकिन्ने भनेर एउटा सूची बनाउनुहोस् । यदि आवश्यकता छैन भने बजार नजानुहोस्, किनभने बजार जानाले खर्चहरू अनावश्यक हुन सक्छन् ।

सार्वजनिक सवारी साधनको प्रयोग गर्ने

आम्दानी बढ्दै जाँदा सबैको चाहना हुन्छ, आफ्नै गाडी वा मोटरसाइकल किन्ने, जसले खर्च झन् बढाउँछ । त्यसैले अत्यावश्यक नभएसम्म आफ्नै गाडी नकिन्नुहोस्, किने पनि दैनिक प्रयोग नगर्नुहोस् ।

दैनिक प्रयोजनका लागि बस, इ–रिक्सा, साझा टेम्पु वा अन्य सार्वजनिक यातायात प्रयोग गर्नुहोस् । सम्भव भए पैदल हिँड्ने वा साइकल प्रयोग गर्न गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register