तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

जनकपुरधाम । महोत्तरीमा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार साँझ बालिकालाई बलात्कार गरेकाे आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए। आइतबार अपराह्न आरोपीले […]

Apr 1, 2025 - 16:40
 0
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ

जनकपुरधाम । महोत्तरीमा तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जलेश्वर नगरपालिकाका १७ वर्षीय किशोरलाई प्रहरीले सोमबार साँझ बालिकालाई बलात्कार गरेकाे आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए। आइतबार अपराह्न आरोपीले घरबाहिर खेलिरहेकी बालिकालाई घरको भान्साकोठामा लगेर बलात्कार गरेका बताइएको छ।

पीडक पक्षले घटना मिलाउन दबाब दिए पनि पीडित बालिकाका बाबुले अस्वीकार गरेपछि आरोपीलाई उसका अभिभावकले भगाएका थिए।

घटना ज्यादै संवेदनशील रहेकाे र यसबारे सोमबार मात्र जानकारी आएको बताउँदै एसपी पोखरेलले सोमबार साँझ नै आरोपीलाई लुकाइछिपाई राखेको अवस्थामा घरबाटै प्रकाउ गरेको जानकारी दिए। घटना मिलाउन पीडक पक्षबाट दबाब आएको जानकारी पाएको बताउँदै उनले पीडित बालिका र उनका अभिभावकको सम्पूर्ण सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गरे।

सोमबार नै प्रहरीमा जाने तयारी भैरहँदा बालिकालाई असह्य पीडा भएपछि प्रादेशिक अस्पताल लगेर उपचार गराइएको थियो। प्रहरीमा जाहेरीपछि बालिकाको स्वास्थ्य परीक्षण समेत गराइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register