उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच व्यापार अभिवृद्धिबारे समझदारी भएको छ । प्रधानमन्त्रीको टोलीसँगै थाइल्याण्ड पुगेका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र थाई चेम्बर अफ कमर्श र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङ्गुबोल्कुलले हस्ताक्षर गरेका छन् । यो समझदारीले नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने विश्वास अध्यक्ष ढकालको छ […]

Apr 2, 2025 - 06:47
 0
उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्यको समझदारी

काठमाडौं । उद्योग वाणिज्य महासङ्घ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीच व्यापार अभिवृद्धिबारे समझदारी भएको छ ।

प्रधानमन्त्रीको टोलीसँगै थाइल्याण्ड पुगेका उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र थाई चेम्बर अफ कमर्श र बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अङ्गुबोल्कुलले हस्ताक्षर गरेका छन् । यो समझदारीले नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने विश्वास अध्यक्ष ढकालको छ ।

दीपक्षीय समझदारी आपसी व्यापार प्रवर्द्धन, संयुक्त उद्यमको सुविधा, व्यापारिक जानकारी आदानप्रदान र औद्योगिक सहकार्यलाई प्रोत्साहनको उद्देश्य रहेको छ ।

सम्झौताबारे अध्यक्ष ढकालले भनेका छन्, “दुई देशबीच व्यापार व्यवसायको सहकार्यका पर्याप्त सम्भावना रहेका छन् । महासङ्घ र थाइल्याण्डको बोर्ड अफ ट्रेडबीचको आपसी सहकार्यको व्यापार र लगानीका लागि नयाँ अवसरहरू खोल्ने विश्वास छ ।”

थाइल्याण्डको बोर्ड अब ट्रेडका अध्यक्ष अङ्गुबोल्कुलले समाझेदारीले दुवै देशका व्यापारिक समुदायका लागि नयाँ अवसरहरू सिर्जना गर्ने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register