क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ : पूर्वपरराष्ट्रमन्त्री साउद

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) महत्वपूर्ण रहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा सुरु भएको बिमस्टेकको छैटौँ सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गरिबी निवारण, द्रुत आर्थिक […]

Apr 2, 2025 - 09:40
 0
क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ : पूर्वपरराष्ट्रमन्त्री साउद

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) महत्वपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैङ्ककमा सुरु भएको बिमस्टेकको छैटौँ सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गरिबी निवारण, द्रुत आर्थिक विकास, व्यापार तथा लगानी प्रवर्द्धन, बहुआयामिक सम्पर्क विस्तार र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने ।

नेपाली काङ्ग्रेसका नेता साउदले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त जीडीपी ५ ट्रिलियन डलरभन्दा माथि भए पनि आपसी व्यापार सात प्रतिशतभन्दा कम रहेको बताए । ‘व्यापारिक प्रवाह विस्तार गरेर गरिबी न्यूनीकरण र दिगो विकासलाई प्रवर्द्धन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले ‘रिजनल भ्यालु चेन’ निर्माण गर्नुपर्ने देखिन्छ ।’

साउदले पूर्वाधार र सम्पर्क सञ्जालको विस्तारमा पनि जोड दिए । ‘बिमस्टेक मास्टर प्लान फर ट्रान्सपोर्ट कनेक्टिभिटी (२०२२) ले सडक, रेल, जलमार्ग, हवाई यातायात, तथा बहुआयामिक सम्पर्क सुधारका परियोजनाहरू पहिचान गरेको छ । यी परियोजनाहरूको शीघ्र कार्यान्वयन आवश्यक छ,’ उनले भने ।

साउदले सन् २०१८ मा नेपालको अध्यक्षतामा बिमस्टेक ग्रीड इन्टरकनेक्सन सम्झौता सम्पन्न भएको स्मरण गर्दै उक्त सम्झौताले क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गरेको पनि बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register