त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ। विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर भौतिक संरचना निर्माणको काम गरिएको थियो। मंगलबार विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानस्थलका […]

Apr 2, 2025 - 10:24
 0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा सञ्चालन


काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ।

विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर भौतिक संरचना निर्माणको काम गरिएको थियो।

मंगलबार विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिक–वेको निर्माण सम्पन्न भएको छ।

समानान्तर ट्याक्सी–वे निर्माणको काम भने जारी छ। नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी–वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको पूर्वतर्फको ह्यांगर एप्रोन लगायत विस्तारको काम गरिरहेको हो।

यी काम पूरा गर्न करिब १५ अर्ब रूपैयाँ खर्च हुने आयोजनाले जनाएको छ। हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register