जीवन विज्ञान यूके पदाधिकारीले राजदूत दम्पतीसंग गरे भेट

लन्डन-  योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान यूके पदाधिकारीले बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे र धर्म पत्नी सरिता घिमिरेसंग नेपाली राजदूतावास, बेलायतमा भेटघाट गरेका छन् । भेटघाटमा जीवन विज्ञान यूकेका ट्रष्टी  प्रेम खड्का, ट्रष्टी तथा प्रशिक्षक सरिता शर्मा, ट्रष्टी तुलसी पौडेल र प्रशिक्षक खेम शर्माको उपस्थिति […]

Apr 4, 2025 - 13:54
 0
जीवन विज्ञान यूके पदाधिकारीले राजदूत दम्पतीसंग गरे भेट

लन्डन-  योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान यूके पदाधिकारीले बेलायतका लागि नवनियुक्त राजदूत चन्द्र कुमार घिमिरे र धर्म पत्नी सरिता घिमिरेसंग नेपाली राजदूतावास, बेलायतमा भेटघाट गरेका छन् ।

भेटघाटमा जीवन विज्ञान यूकेका ट्रष्टी  प्रेम खड्का, ट्रष्टी तथा प्रशिक्षक सरिता शर्मा, ट्रष्टी तुलसी पौडेल र प्रशिक्षक खेम शर्माको उपस्थिति थियो । 

सो अवसरमा जीवन विज्ञान यूकेका गतिविधिहरूबारे जानकारी गराउनुका साथै जीवन विज्ञान यूकेले संचालन गर्दै गरेका र भविष्यमा आयोजना गरिने कार्यक्रमहरुबारे राजदूत घिमिरेलाई अवगत गराइएको थियो ।  


उक्त अवसरमा जीवन विज्ञान यूकेले २०२६ जुलाई/अगस्टमा नेपालका श्रद्धेय गुरुद्वय रमेश नेपाल र एलपी भानु शर्माको साथमा प्रत्यक्ष रुपमा सात दिनको चक्र विज्ञानको कार्यक्रम आयोजना गर्न लागेको व्यहोरा समेत जानकारी गरायो । 

नवनियुक्त राजदूत घिमिरेले जीवन विज्ञान यूकेलाई धन्यवाद दिंदै चक्र विज्ञान शिविरको सफलताका लागि भरपुर सहयोग रहने जानकारी गराए । 

जीवन विज्ञान यूकेले जुममार्फत दैनिक योग प्रशिक्षण संचालन गर्नुका साथै प्रत्यक्ष साधना शिविरहरु पनि संचालन गर्दै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register