काठमाडौं विश्वका प्रदूषित सहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज (बिहीबार) घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे […]

Apr 3, 2025 - 05:37
 0
काठमाडौं विश्वका प्रदूषित सहरको दोस्रो स्थानमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज (बिहीबार) घातक अवस्थामा पुगेको छ । आईक्यू एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ ।

यसअघि गएको सोमबारदेखि बुधबारसम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो । यो समाचार तयार पार्दासम्म आज बिहान नेपालको काठमाडौं विश्वकै प्रदूषित सहर सूचीको दोस्रो स्थानमा छ ।

पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ । त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म बादल लागेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register