राप्रपाका माग : गृहमन्त्रीको राजीनामादेखि प्रहरी प्रमुख निलम्बनसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी यस्तो माग गरेको हो । साथै राप्रपाले चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नसमेत माग गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए […]

Apr 3, 2025 - 07:45
 0
राप्रपाका माग : गृहमन्त्रीको राजीनामादेखि प्रहरी प्रमुख निलम्बनसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गएको राप्रपाको प्रतिनिधिमण्डलले बिहीबार कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी यस्तो माग गरेको हो ।

साथै राप्रपाले चैत्र १५ गतेको दमनमा नेतृत्व गर्ने प्रहरी प्रमुख र प्रशासनिक नेतृत्वको निलम्बन गर्नसमेत माग गरेको प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाजसम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ ।

मृतकहरू सबिन महर्जन र सुरेश रजकलाई सहिद घोषणा तथा क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग राखेको छ ।

यस्तै राप्रपा नेताहरू रवीन्द्र मिश्र र डा. धवलसम्शेर राणालगायत अन्यमाथिको झुठा मुद्दा खारेजी र निर्दोषहरूको रिहाइ गर्न पनि माग गरिएको छ ।

यसैगरी घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

यही चैत १५ गते तीनकुने क्षेत्रमा राजसंस्था पक्षधरले गरेको आन्दोलन सिङ्सात्मक बनेको थियो । प्रहरीले ५८ राउन्ड गोली प्रहार गरेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register