एकीकृत समाजवादीले तयारी नपुगेको भन्दै सार्यो तीनवटा बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पूर्वनिर्धारित तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गरेको छ । पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी सूचनामा संशोधित मितिअनुसार स्थायी कमिटी फागुन ६ गते, पोलिटब्युरो ७ गते र केन्द्रीय कमिटी बैठक ८ र ९ गते बस्नेछ । यसअघि एकीकृत समाजवादीले स्थायी कमिटी माघ २८ गते, पोलिटब्युरो २९ गते र […]

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पूर्वनिर्धारित तीन तहका पार्टी कमिटीको बैठकको मिति संशोधन गरेको छ । पार्टीका महासचिव घनश्याम भुसालद्वारा जारी सूचनामा संशोधित मितिअनुसार स्थायी कमिटी फागुन ६ गते, पोलिटब्युरो ७ गते र केन्द्रीय कमिटी बैठक ८ र ९ गते बस्नेछ ।
यसअघि एकीकृत समाजवादीले स्थायी कमिटी माघ २८ गते, पोलिटब्युरो २९ गते र केन्द्रीय कमिटी माघ ३० देखि फागुन १ र २ गते बस्ने गरी मिति सार्वजनिक गरेको थियो ।
What's Your Reaction?






