पाथीभरा केबलकार प्रकरण : उच्चस्तरीय वार्ता टोली गठन गर्न गृहमन्त्रीसँग आन्दोलनरत पक्षको माग

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए । यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र […]

Feb 11, 2025 - 00:27
 0
पाथीभरा केबलकार प्रकरण : उच्चस्तरीय वार्ता टोली गठन गर्न गृहमन्त्रीसँग आन्दोलनरत पक्षको माग

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।

यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच आइतबारभएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि सोमबार गृहमन्त्रीसँग भेटघाट गरिएको हो ।

भेटमा नेकपा एमालेका सचिव योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । ‘सोमबार साँझ उहाँहरू गृहमन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो । मन्त्रीज्यूबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आाग्रह भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने ।

मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताएका थिए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि तिवारीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register