जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा २८ करोड हाराहारीमा क्षति, तत्काल सञ्चालन गर्न १० करोड आवश्यक

काममाडौं । राजावादीहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा क्षतिग्रस्त बनेको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउनका लागि १० करोड रुपैयाँ आवश्यक देखिएको छ । वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले आगलागी भएको केन्द्रको अवलोकनपछि उक्त जानकारी दिएका हुन् । बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल […]

Apr 3, 2025 - 10:34
 0
जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा २८ करोड हाराहारीमा क्षति, तत्काल सञ्चालन गर्न १० करोड आवश्यक

काममाडौं । राजावादीहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनमा क्षतिग्रस्त बनेको जटिबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउनका लागि १० करोड रुपैयाँ आवश्यक देखिएको छ ।

वन तथा वातावराणमन्त्री ऐन बहादुर शाहीले आगलागी भएको केन्द्रको अवलोकनपछि उक्त जानकारी दिएका हुन् ।

बिहीबार अवलोकनपछि सञ्चाकर्मीहरुसँगको कुराकानीमा उनले आगलागीपछि त्यहाँको व्यवस्थापन र सबै कर्मचारीको परिस्थिति अत्यन्तै जटिल रहेको बताए । त्यस्तै उनले प्रारम्भिक क्षति मुल्याङकनमा करिब २८ करोडको हाराहारीमा क्षतिको बिवरण आएको र भोलि घटबढ हुनसक्ने पनि जानकारी दिए ।

‘घटनापछि निरन्तर रूपमा कम्पनीको व्यवस्थापन र कर्मचारीहरुको परिस्थिति अत्यन्तै जटिल छ । हामीले त्यो बुझिरहेका छौं,’ उनले भने, ‘अब यसलाई छिटो भन्दा छिटो सञ्चालन गर्न, प्रारम्भिक क्षति मुल्याङकन गर्न सम्बन्धित प्राविधिकहरु,  विज्ञहरु राखेर प्रारम्भिक मूल्याङकन गरेको छ । करिब २८ करोडको हाराहारीमा क्षति भएको र यसमा घटबढ हुनसक्छ ।’

त्यस्तै उनले केन्द्रलाई तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम आवश्यकता देखिएको भन्दै सञ्चालनको लागि मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको पनि बताए ।

‘तत्काल सञ्चालन गर्नको लागि १० करोड जतिको रकम भयो भने अस्थायी रुपमा सञ्चालन गर्न सक्छौं भन्ने कुरा आएको छ । त्यो सबै मन्त्रिपरिषद्को बैठकमा छलफल भइसकेको छ । प्रकृयागत रुपमा अगाडि बढ्दै छौं ।’

उनले केही दिनभित्र सबै प्रकृया पूरा गरेर केन्द्र सञ्चालन गर्ने पनि जानकारी गराए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register