कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, ६० दिनभित्र चुनाव गर्नुपर्ने

एजेन्सी (सीसीटीभीप्लस) । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ । छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रस्तावलाई समर्थन गरेको हो । अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ बेले युनको महाभियोगको फैसला पढेर सुनाएका थिए  । सो फैसला आठ न्यायाधीशको सर्वसम्मत निर्णय भएको बताएका थिए। […]

Apr 4, 2025 - 10:01
 0
कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, ६० दिनभित्र चुनाव गर्नुपर्ने

एजेन्सी (सीसीटीभीप्लस) । दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलमाथिको महाभियोग सदर गर्दै पदबाट बर्खास्त गरेको छ । छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रस्तावलाई समर्थन गरेको हो ।

अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ बेले युनको महाभियोगको फैसला पढेर सुनाएका थिए  । सो फैसला आठ न्यायाधीशको सर्वसम्मत निर्णय भएको बताएका थिए। कानून अनुसार, फैसला पढेर लागू भएको र अब ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ ।

उनलाई पदबाट हटाएका कारण दक्षिण कोरियामा अब ६० दिनभित्र आम निर्वाचन गर्नुपर्ने बाध्यतामा बाँधिएको छ । राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेका थिए । तर संसद्मा व्यापक विरोध भएपछि दुई घण्टामै घोषणा फिर्ता लिन बाध्य भएका थिए ।

शुक्रबार संवैधानिक अदालतले महाभियोग सदर गरेपछि उनी राष्ट्रपतिबाट हटेका हुन् ।

उनको महाभियोग अदालतमा विचाराधीन रहँदा दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सुलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register