शिवसताक्षी मेयर कपमा वडा नं. २ र १० विजयी, व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन

शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो । वडा नं. २ का खेलाडी जहन मुर्मुले खेलको [...] The post शिवसताक्षी मेयर कपमा वडा नं. २ र १० विजयी, व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन appeared first on Jhapa Online.

Apr 6, 2025 - 03:04
 0
शिवसताक्षी मेयर कपमा वडा नं. २ र १० विजयी, व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन

शिवसताक्षी, २४ चैत । झापाको शिवसताक्षीमा जारी मेयर कप २०८१ को शनिबार भएको खेलमा शिवसताक्षी नगरपालिका वडा नं. २ र वडा नं.१० विजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका वडा नं. ३ लाई २–१ गोल अन्तरले हराउँदै वडा नं. २ विजयी भएको हो ।

वडा नं. २ का खेलाडी जहन मुर्मुले खेलको ५ र ४६ मिनेटमा गरी २ गोल लगाए भने, वडा नं. ३ का खेलाडी दुर्गा माबोले खेलको ४८ मिनेटमा एक गोल फर्काएका थिए । खेलको म्यान अफदी म्याच वडा नं २ का जहन मुर्मु घोषित भए ।

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा नं. १० विजयी भएको छ । वडा नं. १ लाई २–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको हो । वडा नं. १० को तर्फबाट सिमेन राईले खेलको ४ मिनेट र लविस फागोले ७ मिनेटमा गोल गरेका थिए । खेलको म्यान आफदी म्चान लविस फागो घाषित भए ।

दुवै विजयी टिमका म्यान अफदी म्याच घोषित हुने खेलाडीलाई जनही नगद २ हजार एक सय नगद पुरस्कार प्राइम कमर्शियल बैंक झिलझिले शाखाले प्रदान गरेको थियो ।

प्रतियोगिताको फुटबल तर्फ प्रथमले ५५ हजार, द्वितीयले ३५ हजार सहित ट्रफी मेडल र प्रमाण प्राप्त गर्ने छन् ।

आज आइतबार वडा नं. ४ र ७ बीच खेल हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तै व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ११ लाई सोझो सटमा हराउँदै वडा नं. ९ च्याम्पियन बनेको छ । वडा नं. ९ बाट अग्नी खरेल र समशेर चौधरी खेलमा सहभागी भएका थिए । त्यस्तै वडा नं. ११ बाट अशोक राई र विकास कुमालले रहेका थिए ।

त्यस्तै गरी भलिबल खेल तर्फ वडा नं. ७ फाइनलमा प्रवेश गरेको छ। वडा नं. ३ लाई हराउँदै वडा नं. ७ फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी वडा वडा नं. ५ लाई हराउँदै वडा नं. ९ सेमीमा प्रवेश गरेको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

The post शिवसताक्षी मेयर कपमा वडा नं. २ र १० विजयी, व्याडमिन्टन खेलमा वडा नं. ९ च्याम्पियन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register