दाङका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै

दाङ । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका […]

Apr 6, 2025 - 10:45
 0
दाङका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ, यन्त्रको प्रयोग बढाइँदै

दाङ । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् ।

“खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको उहाँले बताउनुभयो । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ”, उनले भने ।

घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाए । “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए । उनले भने, “मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register