लन्डन म्याराथन दौडिए सय बढी नेपाली, सन्तोषी र सन्तोषको कीर्तिमान

लन्डन- संसारकै प्रतिष्ठित लन्डन म्याराथनको आइतबार सम्पन्न ४५औं संस्करण एक सय बढी नेपालीले पनि दौडिएका छन्। यसपटकको लन्डन म्याराथनमा नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्। यता, नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा […]

Apr 28, 2025 - 13:28
 0
लन्डन म्याराथन दौडिए सय बढी नेपाली, सन्तोषी र सन्तोषको कीर्तिमान


लन्डन- संसारकै प्रतिष्ठित लन्डन म्याराथनको आइतबार सम्पन्न ४५औं संस्करण एक सय बढी नेपालीले पनि दौडिएका छन्।

यसपटकको लन्डन म्याराथनमा नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी छन्। उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्।

यता, नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वर्ल्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

लन्डन म्याराथनमा यसपटक नेपाल रन यूकेको संयोजनमा ९६ जना नेपालीले भाग लिएका थिए ।

‘हाम्रो संयोजनमा दौडिने ९६ जना थियौं । सबैले निर्धारित दूरी पूरा गरेका छौं’, नेपाल रन यूकेका सचिव डा जगन कार्कीले नेपालीलिंकसंग भने, ‘हाम्रो सम्पर्कमा नआएर आफ्नै हिसाबले दौडिने पनि केही नेपाली हुनुहुन्थ्यो ।’

लन्डन म्याराथन दौडिने नेपाली धावकहरुलाई आइतबार बेलुका लन्डनस्थित नेपाली दूतावासले पनि एक रिसेप्सन आयोजना गरी सम्मान गरेको छ ।

यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ मिनेटमा दूरी पार गर्दै विजेता बनेका छन् । महिलातर्फ विजेता इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरेकी छन् ।

यस वर्ष निर्धारित ४२ किमी बढी दूरी पूरा गर्नेहरुको संख्या हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६ सय ४० छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register