अर्धसँगै तीन समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत आज (सोमबार) तीन संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दैछ । यस्तै, महिला […]

Apr 7, 2025 - 02:54
 0
अर्धसँगै तीन समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत आज (सोमबार) तीन संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दैछ ।

यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आव २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको ३ बजे बस्नेछ ।

यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक विहान १० बजे बस्ने छ । बैठकमा मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने मानिसहरूको मानवअधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register