हैदराबादमाथि गुजरातको सात विकेटको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि जित हासिल गरेको छ । मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेपछि गुजरातले आइतबार हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । चौथो खेलमा तेस्रो विजय हात पारेपछि गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता गत […]

Apr 7, 2025 - 04:19
 0
हैदराबादमाथि गुजरातको सात विकेटको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादमाथि जित हासिल गरेको छ ।

मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेपछि गुजरातले आइतबार हैदराबादलाई ७ विकेटले पराजित गरेको हो । सिराजले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए ।

चौथो खेलमा तेस्रो विजय हात पारेपछि गुजरात अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता गत वर्षको उपविजेता हैदराबाद भने ५ खेलमा चौथो पराजयसँगै अङ्क तालिकाको पुछारमा यथावत् छ ।

घरेलु मैदानमा टस हारेर ब्याटिङमा आएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५२ रन मात्र बनाउन सकेको थियो । प्लेयर अफ द म्याच सिराजले ओपनरद्वय ट्राभिस हेडलाई ८ र अभिषेक शर्मालाई १८ रन बनाएको स्थितिमा आउट गराए । यस्तै उनले १८ रन बनाएका अनिकेत बर्मालाई मात्र नभएर सिमरजित सिंहलाई शून्यमा आउट गरेका थिए ।

प्रसिद्ध कृष्ण र साई किशोरले पनि कसिलो बलिङ गर्दै २–२ विकेट लिए ।

घरेलु टोली हैदराबादबाट नितिशकुमार रेड्डीले ३४ बलमा ३१, हेनरिक क्लासेनले १९ बलमा २७, ईशान किसनले १४ बलमा १७ रन बनाए ।

कप्तान शुभमन गिलले अविजित ६१ रन बनाएपछि गुजरातले १६.४ ओभरमै लक्ष्य पूरा गर्यो । मोहम्मद सामीले साई सुदर्शनलाई ५ र प्याट कमिन्सले जोस बटलरलाई शून्यमा आउट गरे पनि गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटमा ९० रनको साझेदारी गरी गुजरातलाई विजयको नजिक पुर्याएका थिए ।

गिलले आफ्नो इनिङ्समा ९ चौका प्रहार गरे । सुन्दर २९ बल खेली ५ चौका र २ छक्का प्रहार गरी ४९ रनमा आउट भए । उनको स्थानमा आएका शेरफन रदरफोर्डले १६ बल खेली ६ चौका र १ छक्का प्रहार गरी अविजित ३५ रन बनाए । हैदराबादबाट शामीले २ विकेट लिए ।

आईपीएलमा पन्जाब किङ्सको पहिलो हार, राजस्थानसँग ५० रनले पराजित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register