मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौं । मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका दुई जनालाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–८ स्थित आमजुङगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार […]

Apr 7, 2025 - 05:25
 0
मोरङबाट तीन नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौं । मोरङको केराबारीबाट तीन नाल भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका दुई जनालाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

केराबारी गाउँपालिका–८ स्थित आमजुङगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार छन् ।

पक्राउ परेकाहरूको साथबाट तीन नाल भरुवा बन्दुक बरामद भएकाले उनीहरूलाई हातहतियार खरखजाना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register