बीआरआई नेपालका लागि अभूतपूर्व अवसर : सुजाता कोइराला

काठमाडौं । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद बीआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले मङ्गलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालालगायतले लोकार्पण गरे । बीआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन […]

Apr 9, 2025 - 01:29
 0
बीआरआई नेपालका लागि अभूतपूर्व अवसर : सुजाता कोइराला

काठमाडौं । चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाको हालसम्मको उपलब्धि समेटिएको श्वेतपत्रको नेपाली अनुवाद बीआरआई श्वेतपत्र’ लोकार्पण गरिएको छ । फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले मङ्गलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेसकी नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजता कोइरालालगायतले लोकार्पण गरे ।

बीआरआई सहकार्यबाट एक दशकमा प्राप्त उपलब्धिलाई दस्तावेजीकरण गर्न चिनियाँ सरकारले प्रकाशन गरेको श्वेतपत्रलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले अनुवाद गरेर सार्वजनिक गरेको हो । श्वेतपत्रले अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईको मूल्यका बारेमा राम्रो सामझदारी कायम गर्न, उच्चस्तरको सहकार्यमा सहजीकरण गर्न र धेरै मुलुक र जनतामा लाभ प्रदान गर्न सहयोग मिल्ने विश्वास व्यक्त गरिएको छ ।

पुस्तकमा विश्व जगतसँग सम्बन्धित चिनियाँ प्रस्ताव, इतिहासको विरात, वास्तविकताको प्रत्युत्तर, भविश्यमुखी, साझा विकास र समृद्धिका सिद्धान्त, अवधारणा, उद्देश्य र दूरदृष्टि, बहुक्षेत्रगत र बहुआयामिक सम्पर्क सञ्जाल प्रवद्र्धन, परियोजनामा आबद्ध मुलकुलाई लाभ, आर्थिक भूमण्डलीकरण, विश्वव्यापी शासन सुधार, मानव सभ्यताको हित प्रवद्र्धनका साथै बिआरआई सहकार्यको आवश्यकतालगायत विषय समेटिएको छ ।

सो अवसरमा काङ्ग्रेस नेत्री कोइरालाले नेपालका लािग बीआरआई अभूतपूर्व अवसर भएको उल्लेख गर्दै यस परियोजनाले भौतिक पूर्वाधार तथा आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । नेपालजस्तो भूपरिवेष्टित राष्ट्रका लागि अन्तर्राष्ट्रिय व्यापार नाकामा पहुँच आवश्यक रहेको औँल्याउँदै उनले बीआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्ने बताइन् ।

‘बीआरआई परियोजनाको मुख्य लक्ष्य विकास र पारस्परिक लाभ हो, यसले दीगोपनाका साथ भविश्यका लागि आशाको सन्देश दिएको छ, तर नेपालमा यसको कार्यान्वयनबाट अपेक्षित लाभ प्राप्त हुन सकेको छैन, यसको मुख्य कारण बिआरआईप्रतिको गलत बुझाइ हो,’ पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register