अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख दिने

धनगढी । अछामका आगलागी पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश विपद् परिषद्‌को बुधबार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो । जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीबाट २९ वटा घर तथा पसलहरू जलेका थिए । सात सात करोड बढीको क्षति भएको छ । प्रदेश सरकारले […]

Apr 9, 2025 - 07:32
 0
अछामका आगलागी पीडितलाई सुदूरपश्चिम सरकारले ५० लाख दिने

धनगढी । अछामका आगलागी पीडितहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रदेश विपद् परिषद्‌को बुधबार बिहान बसेको बैठकले ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

जयगढ बजारमा मङ्गलबार राति भएको आगलागीबाट २९ वटा घर तथा पसलहरू जलेका थिए । सात सात करोड बढीको क्षति भएको छ ।

प्रदेश सरकारले बान्नीगढी–जयगढ गाउँपालिकाको बैङ्क खातामा रकम पठाउने छ । गाउँपालिकाले मापदण्ड बनाएर राहत वितरण गर्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । उनले जयगढ बजारमा मङ्गलबार साँझ भएको आगलागीबाट पीडित भएकाहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको हो ।

मुख्यमन्त्री शाहले भने, “मङ्गलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरूप तत्कालका लागि ५० लाख रुपैयाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत उपलब्ध गराउने निर्णय भएको छ ।”

सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए । यसका साथै प्रारम्भिक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने प्रदेश सरकारले बताएको छ ।

आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई पुनर्निर्माणका सन्दर्भमा सहयोगको अपिलसमेत मुख्यमन्त्री शाहले गरेका छन् । प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीलाई जयगढ पठाउने निर्णय समेत गरको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register