डोमिनिकन रिपब्लिक नाइट क्लबको छत भत्किँदा मारिने २ सय १८ पुगे

डोमिनिकन रिपब्लिक- डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्ट समयमा क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २ सय १८ पुगेको छ। प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो। यसअघि बुधबार दिइएको जानकारीमा करिब एक सय जनाको मृत्यु भएको जनाइएको थियो। घटनापछि कार्यक्रमस्थलमा […]

Apr 10, 2025 - 18:20
 0
डोमिनिकन रिपब्लिक नाइट क्लबको छत भत्किँदा मारिने २ सय १८ पुगे

डोमिनिकन रिपब्लिक- डोमेनिकन रिपब्लिकमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्ट समयमा क्लबको छत भत्किएर मृत्यु हुनेको सङ्ख्या २ सय १८ पुगेको छ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा परेजका प्रबन्धकसमेतको मृत्यु भएको थियो।

यसअघि बुधबार दिइएको जानकारीमा करिब एक सय जनाको मृत्यु भएको जनाइएको थियो। घटनापछि कार्यक्रमस्थलमा फसेका कम्तीमा २०० जनाको उद्धार गरिएको थियो भने दर्जनौँ मानिस आफै सुरक्षित स्थलमा भाग्न सफल भएका थिए।

स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए। मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ। उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व श्रृङ्खला जितेका थिए ।

पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताइन्।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरेका छन् भने तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register