न्यूयोर्कको नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं । स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् । हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ । न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान […]

Apr 11, 2025 - 02:00
 0
न्यूयोर्कको नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाडौं ।

स्पेनका पर्यटकहरूलाई बोकेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क छन् ।

हेलिकोप्टरमा पाइलट र स्पेनबाट आएको एउटा परिवार रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका तस्वीरमा हेलिकोप्टर नदीमा उल्टो तैरिरहेको अवस्थामा देखिएको छ ।

न्युयोर्क प्रहरीका अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register