दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले ४ खेलमा शतप्रतिशत जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै दिल्लीले जितको यात्रा कायमै राखेको हो । घरेलु टोली बैङ्गलोरले दिएको १६४ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १६९ रन बनाएर पूरा गर्यो […]

Apr 11, 2025 - 02:01
 0
दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले ४ खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै दिल्लीले जितको यात्रा कायमै राखेको हो ।

घरेलु टोली बैङ्गलोरले दिएको १६४ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १६९ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । शतक बनाउनबाट थोरैले चुकेका उनले अविजित ९३ रन बनाए । उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए ।

यस्तै ट्रिस्टन स्टुब्सले अविजित ३३ रन बनाएपछि दिल्लीले लक्ष्य सहजै भेट्टायो ।

बैङ्गलोरका लागि भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए ।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । बैङ्गलोरका फिल साल्टले सर्वाधिक ३७ रन बनाए ।

दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले २/२ तथा मुुकेश कुमार र मोहित शर्माले १/१ विकेट लिए ।

सबै खेलमा जित हासिल गर्नका बाबजुद दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसले ८ अङ्क जोडेको छ । पहिलो स्थानमा गुजरात टाइटन्स छ । समान अङ्क भए पनि गुजरात नेट रनरेटले अगाडि छ । गुजरातले १ खेल बढी खेलेको छ ।

पराजित बैङ्गलोर ६ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register