सुनको मूल्य तोलाकै १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि यही बिहीबार सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको […]

Apr 11, 2025 - 06:35
 0
सुनको मूल्य तोलाकै १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि यही बिहीबार सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको थियो । आज सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेको छ ।

यस्तै, चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register