राजावादी गतिविधिमा गनगन नगरौँ, नागरिकप्रतिका जिम्मेवारी पूरा गरौँ : गगन थापा
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राजवादीका गतिविधिमा गनगन गर्ने भन्दा बढी नागरिकप्रतिका जिम्मेवारी पूरा गर्ने बाटोमा दलहरू अग्रसर हुनुपर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकहरूले डेलिभरी खोजेकाले दलहरूले मति र गति ठीक राख्दै परिणाम दिनुपर्ने बताए । ‘नागरिकहरूले केवल संशय व्यक्त गरेका हुन् । उनीहरू डेलिभरी खोजिरहेका छन्, […]

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले राजवादीका गतिविधिमा गनगन गर्ने भन्दा बढी नागरिकप्रतिका जिम्मेवारी पूरा गर्ने बाटोमा दलहरू अग्रसर हुनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकहरूले डेलिभरी खोजेकाले दलहरूले मति र गति ठीक राख्दै परिणाम दिनुपर्ने बताए ।
‘नागरिकहरूले केवल संशय व्यक्त गरेका हुन् । उनीहरू डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन् । यसका निम्ति नेतृत्व गर्नेहरूको मति ठिक हुनुपर्छ र गति ठिक हुनुपर्छ, उनले भने,’हामीले जिम्मेवारी पाएका छौँ । गनगन गर्ने होइन नागरिकप्रतिका कर्तव्य पूरा गरौँ ।’
नागरिकमा अहिले आक्रोश रहेकाले त्यसैलाई देखाएर केही रोटी सेक्ने काम गरिरहेको उनको भनाइ छ ।
What's Your Reaction?






