पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत !

काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमति भएको दाबी गरेका छन् । उनले भने, “पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।” यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि सहमत भएको […]

May 10, 2025 - 13:19
 0
पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत !

काठमाडौं । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमति भएको दाबी गरेका छन् ।

उनले भने, “पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।”

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि सहमत भएको दाबी गरे । उनले सामाजिक सञ्जाल Truth Social मार्फत सो जानकारी दिएका हुन् ।

ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register