वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन शनिवार सम्पन्न भएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समापन गरेका हुन् । समापन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अनुसन्धनबाट निस्केका निष्कर्षबाट नीति तथा योजना बनाउँन आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै स्वास्थ्य क्षेत्र […]

Apr 13, 2025 - 05:40
 0
वैज्ञानिकहरुको ११ औँ शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११औँ शिखर सम्मेलन शनिवार सम्पन्न भएकाे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको ११औँ शिखर सम्मेलनको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अनुसन्धनबाट निस्केका निष्कर्षबाट नीति तथा योजना बनाउँन आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै स्वास्थ्य क्षेत्र एकदमै ठूलो क्षेत्र रहेछ यो कुरा आफु स्वास्थ्य मन्त्री भएपछि मात्र थाहा पाए भने ।

उनले सम्मेलनको सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने विश्वास लिएको बताए । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् नेपालको स्वास्थ्य सुधारका लागि आवश्यक नीति बनाउँन मार्गनिर्देश गर्ने एउटा जिम्मेवार संस्था भएका कारण यो सम्मेलनलाई नेपाल सरकारले विगत बर्षदेखिनै सहकार्य गर्दै आईरहेकोछ भने । साथै नेपाल कृषि प्रदान देश भएकाले किसान बिरामी हुँदा उपचार गर्ने सुनिश्चित हुनुपर्छ ।

सरकारले जुन लगानी गरेकोछ त्यसको प्रतिफल क्षमतावान व्यक्तिले नेतृत्व गरेकै संस्थाबाट प्राप्त हुन सकेको छैन । नेपालको स्वास्थ्य क्षेत्रको कानून २०४८ साल देखि परिवर्तन हुन सकेको छैन यसले पनि जनशक्ति थप गर्न समस्या आएको छ भने ।
समापन कार्यक्रमको अध्यक्षता गरेका नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव परिषद्को यो सम्मेलनले नेपालका स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ताहरुलाई एकै थलोमा भेला गरि नेपालको स्वास्थ्य क्षेत्रको दिगो बिकासका लागि मार्ग निर्देश गर्नुका साथै अन्तर्राष्ट्रसँगको अध्ययन अनुसन्धानलाई फराकिलो बनाउँन मदत पुगेको बताए ।

उनले अनुसन्धानले निकालेको निष्कर्ष स्वास्थ्य मन्त्रालयलाई बुझाई कार्यान्वयनमा लैजाने कार्यमा घच्घच्याईरहन्छौ भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ११ औं सम्मेलनमा जनसंख्याका बिषयमा कम छलफल भएको कुरा औल्याए ।

स्वास्थ्य र जनसंख्या एक अर्काका परिपुरक भएकै कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बनेको हो । यस बिषयमा सम्मेलन केन्द्रीत हुन सकेन भने । सम्मेलनको निष्कर्ष कार्यान्वयनमा ल्याउँन सक्यौ र सुधार गर्न सक्यौ भने औचित्य पुष्टि होला भने ।

सम्मेलनको मुख्य नारा “स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तन, दिगो र समावेशी भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली” रहेको थियो । सम्मेलनमा समय सापेक्ष, जलवायु परिवर्तन, दक्ष युवा जनशक्तिलाई स्वदेशमै सम्भावना पहिचान गरि देशकै लागि केही गर्न प्रोत्साहित गर्ने लगायतका कार्यपत्र प्रस्तुति, अनुसन्धानमा जागरुक बनाउँने, हाल सम्म भएका अध्ययन अनुसन्धानलाई सहज उपलब्धता गराउँने बिषयमा ३ दिन सम्म बृहत छलफल गरि निष्कर्ष निकालिएको छ । सोही अवसरमा विभिन्न अवार्ड प्रदान गरियो । जसमा स्वास्थ्य अनुसन्धान अवार्डबाट डा.पवन शर्मालाई प्रदान गरियो । त्यसैगरि युवा अनुसन्धान अवार्ड डा.संगम शाहलाई प्रदान गरियो । त्यसैगरि मृगेन्द्र सम्झना गुठी अवार्ड मेडिकल डाक्टर तर्फ डा.राकेश घिमिरेलाई प्रदान गरियो ।

त्यस्तै मृगेन्द्र सम्झना मेडिकल युवा अनुसन्धान अवार्डबाट डा.सुदीप पौडेललाई प्रदान गरियो । सोही अवसरमा स्वास्थ्य, विज्ञानका बिषयमा अनुसन्धान मुलक लेखनबाट ७ जना पत्रकारको निवेदन परेकोमा स्वास्थ्य पत्रकार पवित्रा सुनुवारलाई पुरस्कृत गरियो । त्यस्तै स्वास्थ्य अवार्ड गोपाल प्रसाद आचार्य, डा.सजत यहमत खानलाई प्रदान गरियो ।

प्रकाशित लेख रचना मध्येबाट दीलिप कुमार यादवको टीमलाई अवार्ड गरिएको थियो । पोष्टरतर्फ सुस्मिता नेपाल, तृष्णा राई, एनएचआरसी वेष्ट प्रफरमेन्स अवार्ड सरस्वती प्रसाद भट्टराई, एनएचआरसी वेष्ट सेक्सन अवार्ड हेल्थ रिसर्च विभागका प्रमुख मेघनाथ धिमालको टीमलाई प्रदान गरियो ।

त्यसै गरि २५ बर्ष नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सेवा पुर्याएका कर्मचारी मध्येबाट दीर्घसेवा पदक पुकलाल घिसिङ्ग र लाल बहादुर घिसिङ्गलाई प्रदान गरियो । त्यस्तै हेल्थ रिसर्च अवार्ड पाटन अस्पतालका प्राडा. बुद्ध बस्न्यातलाई स्वास्थ्य मन्त्री पौडेलको हातबाट पदान गरियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register