पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना दिँदा सम्झिए तीनकुने घटना (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यही चैत १५ गते तीनकुनेमा घटेको घटनाप्रति दुःख व्यक्त गरेको छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा भिडिओ सन्देश जारी गर्दै उनले घटना सुन्दा आफूलाई दुःख लागेको बताएका छन् । ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिङ्सा, आगजनी तोडफोड भयो । त्यसबाट जस प्रकारको मानवीय र भौतिक क्षति भयो । त्यो […]

Apr 13, 2025 - 12:50
 0
पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्षको शुभकामना दिँदा सम्झिए तीनकुने घटना (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यही चैत १५ गते तीनकुनेमा घटेको घटनाप्रति दुःख व्यक्त गरेको छन् ।

नयाँ वर्ष २०८२ को उपलक्ष्यमा भिडिओ सन्देश जारी गर्दै उनले घटना सुन्दा आफूलाई दुःख लागेको बताएका छन् ।

‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिङ्सा, आगजनी तोडफोड भयो । त्यसबाट जस प्रकारको मानवीय र भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो,’ सन्देशमा उनले भनेका छन् ।

सन्देशमा पूर्वराजा शाहले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताउँदै पृथ्वीनारायण पथमा उभिन दलहरूलाई आह्वान गरेका छन् ।

उनले विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नै गाह्रो भइसक्यो भन्दै सुनासोसमेत गरेका छन् ।

चैत १५ गते भएको राजावादी आन्दोलनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो । गणतन्त्रवादी दलहरूले यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताइरहेका छन् ।

यस विषयमा पूर्वराजा शाहले ढिलोगरी मौनता तोडेका हुन् ।

आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको छ भने कमान्डर दुर्गा प्रसाईंलगायत पक्राउ परेका छन् ।

हेरौँ भिडिओ सन्देश :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register