कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ। नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो । कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएसंगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय […]

Apr 15, 2025 - 04:04
 0
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

काठमाडौँ।

नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार महासंघले एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो ।

कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएसंगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन्। सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register