शिक्षकहरू आज पनि सडक आन्दोलनमा

काठमाडौं । असन्तुष्ट शिक्षकहरू आज (मङ्गलबार) पनि सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज मध्यान्हदेखि काठमाडौंका सडकमा उत्रिएका हुन् । आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ । शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास उनीहरूको माग छ । चैत […]

Apr 15, 2025 - 07:41
 0
शिक्षकहरू आज पनि सडक आन्दोलनमा

काठमाडौं । असन्तुष्ट शिक्षकहरू आज (मङ्गलबार) पनि सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरू आज मध्यान्हदेखि काठमाडौंका सडकमा उत्रिएका हुन् ।

आन्दोलनरत नेपाल शिक्षक महासङ्घले यही वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षामा संलग्न नहुने निर्णय गरेको छ ।

शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकास उनीहरूको माग छ । चैत २० गतेबाट शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलन जारी रहँदा आलसम्म सरकारले सम्बोधन गरेको छैन ।

सोमबार साँझ बसेको महासङ्घको बैठकले माग पूरा नभएसम्म परीक्षा सञ्चालन नगर्न केन्द्राध्यक्ष, निरीक्षकलगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ ।

शिक्षकहरूले आइतबार नयाँ वर्षको दिन पनि आन्दोलनलाई निरन्तरता दिएका थिए ।

आन्दोलनरत शिक्षकसँग काङ्ग्रेसका दुई महामन्त्रीको प्रतिबद्धता– समस्या समाधानका लागि पहल गर्छौं

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register