साढे २६ अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५५ अङ्कले बढेर २६८८ दशमलव ६३ को विन्दुमा पुगेको छ । मङ्गलवार ३२० कम्पनीका ६९ हजार ३६४ पटकको कारोबारमा २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Apr 15, 2025 - 10:41
 0
साढे २६ अङ्कले बढ्यो सेयर बजार

काठमाडौं । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५५ अङ्कले बढेर २६८८ दशमलव ६३ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३२० कम्पनीका ६९ हजार ३६४ पटकको कारोबारमा २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

२१२ कम्पनी बढ्दा ३४ वटा घटेको छ । आज बलेफी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register