नयाँ वर्ष २०८२ लाई सेयर बजारको ‘ग्रिन सिग्नल’, नेप्से २७.१४ अंकले बढ्यो, कारोबार रकम ८ अर्बमाथि

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्सेमा ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै […]

Apr 15, 2025 - 10:42
 0
नयाँ वर्ष २०८२ लाई सेयर बजारको ‘ग्रिन सिग्नल’, नेप्से २७.१४ अंकले बढ्यो, कारोबार रकम ८ अर्बमाथि

काठमाडौँ । नयाँ वर्षको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९.२२ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा ३ सय २० कम्पनीको २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ । यस कम्पनीको २ अर्ब १ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबारको बजारमा कर्पोरेटसहित ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, बलेफी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

नेपाली सेयर बजारको थप विवरण पाउन र मार्केट डेप्थ हेर्न अर्थ सरोकार डटकमको सेयर बजार पोर्टल हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register