शिवसताक्षीमा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, २ बैशाख । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ । बैशाख १ गते करिब ७ बजे शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पुर्व–पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थानका ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका [...] The post शिवसताक्षीमा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु appeared first on Jhapa Online.

Apr 15, 2025 - 15:01
 0
शिवसताक्षीमा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, २ बैशाख । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

बैशाख १ गते करिब ७ बजे शिवसताक्षी नगरपालिका–८ बुद्धचोकस्थित पुर्व–पश्चिम राजमार्गमा डुडाँमारी चौकबाट झिलझिले तर्फ आउदै गरेको प्र १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही स्थानका ६० वर्षीय पुष्प दास दर्जीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उपचार गर्न लालिगुराँस हेल्थ केयर सेन्टर झिलझिले पठाइएको थियो । थप उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा आज मृत्यु भएको हो । मोटरसाइकल चालक शिवसताक्षी–८ का ३० वर्षीय दुरेन सेर्मा लिम्बू इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

The post शिवसताक्षीमा मोटरसाइलको ठक्करबाट पैदलयात्रीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register