मेचीनगरको कालीझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि….
झापा, २ बैशाख । झापाको मेचीनगर नगरपालिका–१२ कालिकास्थित कालिझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि एक जना घाइते भएका छन् । सोही स्थानका ३२ वर्षीय सन्तोष लिम्बू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा एक्कासी एक वटा जंगली हात्तीले लिम्बूलाई खेदाएको थियो । उनी भाग्ने क्रममा लडेर घाइते [...] The post मेचीनगरको कालीझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि…. appeared first on Jhapa Online.

झापा, २ बैशाख । झापाको मेचीनगर नगरपालिका–१२ कालिकास्थित कालिझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि एक जना घाइते भएका छन् ।
सोही स्थानका ३२ वर्षीय सन्तोष लिम्बू घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कालिझोडा सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा एक्कासी एक वटा जंगली हात्तीले लिम्बूलाई खेदाएको थियो । उनी भाग्ने क्रममा लडेर घाइते भएको अवस्थामा उनका भाइ सुजन लिम्बूले देखेर उपचारका लागि बिर्तासिटी अस्पताल पु¥याएका छन् । उनको बाँया खुट्टा भाच्चिएको छ भने अवस्था सामान्य रहेको छ । घटनाको जानकारी पाएपछि प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको कमाण्डमा प्रहरी टोली थप अनुसन्धानका लागि घटनास्थल पुगेको थियो ।
The post मेचीनगरको कालीझोडा सामुदायिक वनमा हात्तीले खेदाएपछि…. appeared first on Jhapa Online.
What's Your Reaction?






