‘मेसीयुग’पछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । आफ्ना सुपरस्टार खेलाडी लियोनल मेसीले क्लब छोडेयता बार्सिलोना पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनिस क्लब बार्सिलोना ६ वर्षपछि यस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिनाका सुपरस्टार मेसीले बार्सिलोनाको सिनियर टोलीमा सन् २००४ देखि खेलेका थिए । यो बीचमा बार्सिलोनाले चारवटा च्याम्पियन्स लिग जितेको थियो । यसर्थ यस समयलाई […]

Apr 16, 2025 - 02:31
 0
‘मेसीयुग’पछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं । आफ्ना सुपरस्टार खेलाडी लियोनल मेसीले क्लब छोडेयता बार्सिलोना पहिलोपटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । स्पेनिस क्लब बार्सिलोना ६ वर्षपछि यस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

अर्जेन्टिनाका सुपरस्टार मेसीले बार्सिलोनाको सिनियर टोलीमा सन् २००४ देखि खेलेका थिए । यो बीचमा बार्सिलोनाले चारवटा च्याम्पियन्स लिग जितेको थियो । यसर्थ यस समयलाई ‘मेसीयुग’ भनिन्छ ।

लियोनल मेसी

यसअघि बार्सिलोना सन् २०१९ मा अन्तिम चारमा पुग्न सफल भएको थियो । २०२१ का मेसीले क्लब जोडेपछि बार्सिलोनाको प्रदर्शन खस्किएको थियो । विशेषगरी च्याम्पियन्स लिगमा खराब नतिजा आइरहेको थियो । जर्मन प्रशिक्षक हान्सी फ्लिकले कमान्ड सम्हालेसँगै यो पटक भने बार्सिलोना लयमा देखिएको छ ।

यद्यपि, पाँच पटकको विजेता बार्सिलोनाको यसपटकको यात्रा पनि सहज भने रहेन । जर्मन क्लब बोरुसिया डर्टमन्डसँग क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोना ३–१ ले पराजित भयो । बार्सिलोनाले सन् २०२५ मा पहिलो हार बेहोरेको हो ।

पहिलो लेगमा घरेलु मैदानमा बनाएको ४–० को बलियो अग्रताले बार्सिलोना समग्रमा ५–३ को सेमिफाइनल पुगेको हो ।

डर्टमन्ड सिग्नल इडुना पार्कमा आक्रामक शैलीमा उत्रियो । सर्हो गुइरासीको प्रभावशाली प्रदर्शन गरे ।

गिनीका अन्तर्राष्ट्रिय खेलाडी गुइरासी क्याटालान टोलीविरुद्ध प्रत्येक खेलमा निर्णायक बनेका छन् । यसपटक उनले घरेलु टोलीको तर्फबाट ह्याट्रिक गर्दै पुनरागमन प्रयासको नेतृत्व गरे ।

समूह चरणको खेलमा बार्सिलोनासँगको २–३ को हारमा उनले डर्टमन्डका लागि दुवै गोल गरेका थिए । यसपटक ह्याट्रिक पूरा गरे । तर उनको यो प्रदर्शन पनि नतिजा बदल्न पर्याप्त भएन ।

गुइरासीले ११औं पेनाल्टीमा पहिलो गोल गरे । उनले दोस्रो गोल ४९औं मिनेटमा गरे ।

डर्टमन्डका डिफेन्डर रामी बेन्सेबैनीले रोबर्ट लेवान्डोस्कीको दबाबमा आत्मघाती गोल गरेपछि बार्सिलोना फाइदा पुग्यो ।

गुइरासीले ७६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । तर, पहिलो लेगको फराकिलो हारका कारण टोली क्वार्टरफाइनलबाटै बाहिरियो ।
बार्सिलोनाले अब सेमिफाइनलमा इन्टर मिलान वा बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्को क्वार्टरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब एस्टन भिल्लासँग ३–२ ले पराजित हुनका बाबजुद फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ५–४ को अग्रतासहित सेमिफाइनल पुगेको छ ।

दोस्रो लेगमा पराजित हुनका बाबजुद पीएसजी सेमिफाइनलमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register