शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले गर्यो ४ बुँदे निर्णय

झापा, ३ बैशाख । आन्दोलनरत शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले ४ बुँदे निर्णय गरेको छ । निर्णयसँगै उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वानसमेत गरेको छ । मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन अन्त्य गरी [...] The post शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले गर्यो ४ बुँदे निर्णय appeared first on Jhapa Online.

Apr 16, 2025 - 02:23
 0
शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले गर्यो ४ बुँदे निर्णय

झापा, ३ बैशाख । आन्दोलनरत शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले ४ बुँदे निर्णय गरेको छ । निर्णयसँगै उनीहरुको माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै सरकारले तत्काल विद्यालय फर्कन आह्वानसमेत गरेको छ ।

मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकको मागअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन अन्त्य गरी विद्यालय फर्कन भनेको हो ।

शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले यही वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसदका दुवै सदनको बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । यस्तै विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने निर्णय पनि बैठकले गरेको छ।

शिक्षकहरूसँग वार्ता र संवाद जारी राख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको मन्त्री भट्टराईले बताइन् । एसईईको उत्तरपुस्तिका परीक्षण, नयाँ भर्ना अभियान र कक्षा १२ को परीक्षालाई ध्यान दिई शिक्षकहरूलाई आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वा गर्ने निर्णय पनि बैठकले गरेको छ।

The post शिक्षकको माग सुनुवाईका लागि मन्त्रिपरिषदले गर्यो ४ बुँदे निर्णय appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register