झापाको अर्जुनधारा धाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

झापा, ३ बैशाख । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा आज अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको प्रमाणको आधारमा अभिभावकको उपस्थितिमा ती जोडीको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा जलेश्वरधाम विकास [...] The post झापाको अर्जुनधारा धाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह appeared first on Jhapa Online.

Apr 16, 2025 - 17:29
 0
झापाको अर्जुनधारा धाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह

झापा, ३ बैशाख । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको व्यवस्थापनमा आज अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो ।

वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको प्रमाणको आधारमा अभिभावकको उपस्थितिमा ती जोडीको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा जलेश्वरधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो ।

सामूहिक विवाहमा वर बधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री–खड्कुँलासहित भाँडा–वर्तन र शुद्ध शाकाहारी प्रीतिभोजको व्यवस्थासमेत गरिएको गट्टानीको भनाइ छ । अर्जुनधारा धाम विकास समितिले अर्को वर्ष १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको अध्यक्ष गट्टानीले बताउनुभयो ।

The post झापाको अर्जुनधारा धाममा १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register