राप्रपाको बैठक आज, पक्राउ परेका नेता र आन्दोलनका विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ र आगामी आन्दोलनका विविध पक्षलगायत विषयमा गहन छलफल हुने राप्रपाले जनाएको छ। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा […]

Apr 17, 2025 - 04:16
 0
राप्रपाको बैठक आज, पक्राउ परेका नेता र आन्दोलनका विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ र आगामी आन्दोलनका विविध पक्षलगायत विषयमा गहन छलफल हुने राप्रपाले जनाएको छ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए। राप्रपाले उनीहरूको तत्काल रिहाइको माग गर्दै आएको छ। राप्रपाले यही वैशाख ७ गते काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। आजको बैठकमा सो आन्दोलनको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

 

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register