कनकाईको हेप्पी ल्याण्ड फनपार्कमा करेन्ट लागेर शिवसताक्षीका लिम्बूको मृत्यु

कनकाई, ४ बैशाख । झापाको कनकाई नगरपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  आज दिउँसो कनकाई नगरपालिका-२ स्थित हेप्पी ल्याण्ड फनपार्कमा शिवसताक्षी नगरपालिका-९ का ४५ वर्षीय सन्तोष लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।   सोही फोनपार्कमा बिजुलीको काम गर्ने लिम्बू फनपार्कमा बिजुलीको मर्मत कार्य गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई [...] The post कनकाईको हेप्पी ल्याण्ड फनपार्कमा करेन्ट लागेर शिवसताक्षीका लिम्बूको मृत्यु appeared first on Jhapa Online.

Apr 17, 2025 - 15:24
 0
कनकाईको हेप्पी ल्याण्ड फनपार्कमा करेन्ट लागेर शिवसताक्षीका लिम्बूको मृत्यु

कनकाई, ४ बैशाख । झापाको कनकाई नगरपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

आज दिउँसो कनकाई नगरपालिका-२ स्थित हेप्पी ल्याण्ड फनपार्कमा शिवसताक्षी नगरपालिका-९ का ४५ वर्षीय सन्तोष लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो।  

सोही फोनपार्कमा बिजुलीको काम गर्ने लिम्बू फनपार्कमा बिजुलीको मर्मत कार्य गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कनकाई नगर अस्पतालमा लगिएको थियो । अस्पताल पुर्‍याउनासाथ उपचारमा संलग्न चिकित्सकले मृतक घोषित गरेका थिए । 

घटनाका सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

The post कनकाईको हेप्पी ल्याण्ड फनपार्कमा करेन्ट लागेर शिवसताक्षीका लिम्बूको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register